४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

राप्रपाका उम्मेदवार रायमाझी घरदैलोमा पुग्दा मतदाता उत्साहित



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनको प्रचार प्रसार तिव्र हुन थालेको छ । राजनीतिक दलका उम्मेदवारहरु यतिबेला आफनो चुनावी एजेण्डा लिएर घरदैलोमा व्यस्त भएका छन् ।

यसैबीच कपिलवस्तु क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार ध्रुव बहादुर रायमाझीले चुनावी प्रचार प्रसारलाई तिव्रता दिनुभएको छ ।

राप्रपाबाट कपिलवस्तु क्षेत्र नम्बर १ को प्रतिनिधि सभा उम्मेदवार बन्नुभएका रायमाझी यतिबेला घरदैलोमा भोट माग्नमा व्यस्त हुनु भएको छ । राप्रपाको उम्मेदवारलाई मतदाताले उत्साहका साथ समर्थन गरेको र घरदैलोमा न्यायो स्वागत पाएको रायमाझीले मायादेवी अनलाइनलाई बताउनुभयो ।

राप्रपाको नीति र एजेण्डा लिएर युवा उम्मेदवार घरदैलोमा पुग्दा मतदाता धेरै उत्साहित भएको उम्मेदवार रायमाझीको बुझाई छ । चुनावी प्रचार प्रसारको क्रममा नेता कार्यकर्ता सहित मतदाताको घरघरमा पुग्दा मतदाताले राप्रपाको हलो चिन्हमा मत दिनेमा आफु ढुक्क भएको बताउनुभयो ।

राप्रपाका केन्द्रिय सदस्य समेत रहेका रायमाझीले नयाँ पुस्ता नविन सोच, युवा उद्यम र रोजगारीका लागि आफनो उम्मेदवारी भएको दावी गर्नुभएको छ । अन्य पार्टीलाई पटक पटक जनताले हेरिसकेकाले अव राप्रपाको उम्मेदवारलाई जिताउने दावी गर्नुभयो । आफनो पार्टीले सम्पूर्ण तहमा हुने भ्रष्टाचारलाई अन्त्य गर्ने नीति अनुरुप मतदातासंग राप्रपालाई भोट मागेको बताउनुभयो ।

अभिभावकीय राजसंस्थाको व्यवस्था, प्रत्यक्ष निर्वाचित कार्यकारी, धार्मिक स्वतन्त्र सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रको अभियानका साथ मतदातासंग भोट मागेको बताउनुभयो । उहाँले समृद्ध कपिलवस्तु बनाउनको लागि राप्रपाका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २१ कार्तिक २०७९ सोमबार ००:००  १२ : ४९ बजे