९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

एमालेले जंजीरलाई समानुपातिक उम्मेद्वार बनाएसंगै थारु समुदाय उत्साहित



मायादेवी अनलाइन, वाणगंगा ।
थारुको बाहुल्यता रहेको जिल्ला कपिलवस्तुमा अन्य पार्टीले थारु समुदायलाई उपेक्षा गरिरहेका बेला नेकपा (एमाले) ले थारु उम्मेद्वारलाई अगाडि ल्याएसंगै थारु समुदाय उत्साहित भएका छन् ।

नेकपा (एमाले) ले प्रतिनिधि सभामा समानुपातिक उम्मेद्वारको रुपमा जन्जिर प्रसाद चौधरीलाई अगाडि सारेको छ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रतिनिधि सभामा समानुपातिक उम्मेद्वारको रुपमा चौधरीलाई उम्मेद्वार बनाएसंगै हरेक जातजाती, भाषा, धर्म, संस्कृतिको संरक्षण गर्दै हरेक समुदायलाई समावेश गर्ने पार्टी एमाले मात्र रहेको मतदाताले बताएका छन् । साथै उनीहरुले अन्य पार्टीले थारु समुदायलाई उपेक्षा गरेको समेत बताएका छन् ।
प्रतिनिधि सभा सदस्य पदका समानुपातिक उम्मेद्वार चौधरीले नेकपा (एमाले) प्रतिनिधि सभा सदस्यका समानुपातिक उम्मेद्वार जन्जिर प्रसाद चौधरीले सबै जातजाती, भाषा, धर्म, संस्कृतिको संरक्षण गर्ने पार्टी एमाले मात्र रहेको बताउनुभएको छ ।

देशमा भएका सामाजिक रुपान्तरणका हरेक क्रियाकलापमा एमालेको अतुलनीय रहेको उम्मेद्वार चौधरीले बताउनुभएको छ ।एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य समेत रहनुभएका चौधरीले ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने, लामो समय देखि अव्यवस्थित बसोवासीलाई यथोचित व्यवस्थापन गर्दै भुमिहिन र सुकुम्वासीहरुलाई यथाशिघ्र लालपुर्जा वितरण गर्ने जस्ता कार्यहरु एमाले नेतृत्वको सरकारबाट मात्र सम्भव भएको बताउनुभएको हो ।
त्यस्तै घरवार बिहिन नागरिकलाई जनता आवास कार्यक्रम मार्फत बासको व्यबस्था सुनिश्चितता गर्ने, स्वास्थ्य विमा मार्फत प्रत्येक जनताको घरदैलोमा पु¥याउने जस्ता विभिन्न महत्वपुर्ण कार्य एमालेले सुरु गरेकाले एमाले सबैको साझा फुलवारी रहेको बताउनुभएको हो ।एमाले नेतृत्वमा ७ वटै प्रदेश सरकार र संघिय सरकार निर्माणका सुर्य चिन्हमा मतदान गर्न आह्वान गर्दै देशैभर एमाले प्रति जनलहर जागेको उम्मेद्वार चौधरीले बताउनुभयो ।

प्रकाशित मिति : १ मंसिर २०७९ बिहिबार ००:००  १ : ०२ बजे