४ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025

स्काईलार्कका विद्यार्थीले मतदान मार्फत छाने कप्तान तथा उप–कप्तान




मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुको वाणगंगा नगरपालिका ११ मा अवस्थित स्काइलार्क इंलिस बोडिङ स्कुलमा मतदान सम्पन्न भएको छ ।
विद्यार्थीलाई निर्वाचन आचारसंहिता, निर्वाचन प्रणाली तथा मतदान शिक्षाका साथै नेतृत्व विकास गर्ने उद्देश्यका साथ स्कूलमा विद्यार्थी कप्तान तथा उप–कप्तानको चयनका लागि निर्वाचन सम्पन्न भएको हो ।

निर्वाचनमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरु तथा शिक्षक कर्मचारीहरु गरी ४ सय ३५ जनाले मतदान गरेका थिए । मतदानको विद्यालयका प्राचार्य तोलाकान्त डुम्रेले मतपेटीकामा मतदान गरी शुभारम्भ गर्नु भएको थियो ।

निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृतको रुपमा विद्यालयका शिक्षक केशव पुरीलाई प्रशासकीय प्रमुख धुर्ब पौडेलद्धारा नियुक्त गरिएको थियो भने निर्वाचन सहायक अधिकृतको रुपमा विद्यालय शिक्षक अभिषेक गौतम तथा बिनोद भण्डारीलाई नियुक्त गरिएको थियो ।

निर्वाचन व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि निर्वाचन सहयोगीको रुपमा शिक्षक दिपक पौडेल, मनिष पंगेनी, ममता थापा, माधुरी गुप्ता तथा लिला पाठकले सहजीकरण गर्नु भएको थियो ।

निर्वाचन गतिविधिको सुपरिवेक्षण राम प्रसाद अधिकारी तथा अमर कँडेलले गर्नु भएको थियो । छात्रा र छात्रकप्तान तथा उपकप्तानका लागि ३÷३ जना गरीकुल १२ जना विद्यार्थीले उमेदवारी दिएका थिए । निर्वाचनको अन्तिम मतपरिणाम ६ गते प्रकासन गरिने प्रमुख निर्वाचन अधिकृत पुरीले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९ शनिबार ००:००  ७ : ४३ बजे