११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

कपिलवस्तु २ (१) मा एमाले र गठबन्धन बीच कडा टक्कर



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु २ को प्रदेश सभा १ मा नेकपा एमाले र सत्ता गठबन्धन बीच कडा टक्कर देखिएको छ ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा एमालेका नवराज लामिछाने र नेपाली कांग्रेस विक्रम सिंह थापा बीच कडा प्रतिस्पर्धा देखिएको हो ।

विहीबार विहान ८ बजेसम्म सार्वजनिक भएको मत परिणाममा लामिछानेले थापालाई ४ सय ८४ मतका साथ पछाडी पार्नुभएको छ ।

सुरुवाती चरणमा अगाडी देखिनुभएका थापा अन्ततः पछाडी पर्नुभएको हो ।

अब ४५ सय मत गणना गर्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९ बिहिबार ००:००  ९ : ४६ बजे