१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

ब्राईट लुम्बिनीले गर्‍यो कोरियन भाषा उतीर्ण विद्यार्थीलाई विदाई तथा सम्मान



कपिलवस्तु ।

शैक्षिक क्षेत्रमा कपिलवस्तु जिल्लामै उत्कृष्ट नतिजा निकाल्न सफल ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन साविक लुम्बिनी लर्निङ्ग सेन्टर प्रा.लि. ले सन् २०२२ मा ई.पि.एस. कोरियन भाषा परिक्षामा उतीर्ण विद्यार्थीहरुलाई विदाई तथा सम्मान गरेको छ । विगतका जस्तै यस पटक पनि यस शैक्षिक प्रतिष्ठानले ११ औं ई.पि.एस. टपिक परिक्षामा शत प्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल भएका छन् ।

यो संगै ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन कोरीयन भाषा अध्ययन गर्ने विद्यार्थीहरुको घुईचो लागेको छ । कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक असीम क्षेत्रीको अध्यक्षता, अनसभवी कोरीयन भाषा प्रशिक्षक नवीन चौधरीको प्रमुख आतिथ्यता, लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिकका कार्यकारी सम्पादक, पत्रीकाका व्यबस्थापक पुर्ण चन्द्र परियारको विशिष्ठ आतित्यता, पत्रकार राजेन्द्र खनाल, सञ्चारकर्मी उदय पोख्रेल, कोरीयन भाषा प्रशिक्षक केपी न्यौपाने, महेश आचार्य लगायत शिक्षक कर्मचारीको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि चौधरीले उतीर्ण सम्पुर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई तथा सफलताको शुभकामना दिनुभएको थियो । उहाँले कोरीयामा आर्जन गरेको सीप र पारिश्रमिकलाई स्वदेशमा आई उत्पादन क्षेत्रमा सदुपयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष क्षेत्रीले विदाई भन्दा वित्तिकै केही असहज महशुस भएको भन्दै भविष्य र परिवारको भविष्यका लागि विद्यार्थीहरुले गर्नुभएको संघर्षलाई सम्मान गरेको बताउनुभयो । रोजगारीको शिलशिलामा कोरीया गएता पनि निश्चित समय पछि स्वेदशमै फर्किएर त्यहाँ भएका राम्रा कामलाई अनुसरण गर्दै अगाडि बढ्ने अपेक्षा गर्दै भषा अध्ययनका लागि ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन (साविक लुम्बिनी लर्निङ्ग सेन्टर प्रा.लि) नै रोजाईमा पार्नुभएकोमा धन्यवाद व्यक्त समेत व्यक्त गर्नुभएको छ ।

त्यस्तै उतीर्ण विद्यार्थीहरु सन्दिप न्यौपाने, भोजराज घिमिरे, जीवन यादव, मधु भट्राई, भोजराज बन्जाडे, अनन्त भुसाल लगायतले कोरीयन भाषा अध्ययनका लागि ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन नै उत्कृष्ट गन्तब्य रहेको बताउनुभयो ।
कोरीयन भाषा प्रशिक्षक महेश आचार्यको स्वागत मन्तब्य तथा पत्रकार हरि आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
विक्रम संवत २०७२ सालमा स्थापना गरिएको उक्त शैक्षिक प्रतिष्ठानले कोरियन, जापनिज लगायत विभिन्न भाषा, लोक सेवा तथा शिक्षक सेवाका कक्षा, सम्पुर्ण लेवलका ट्युसन कक्षा, सबै कोर्षका कम्प्युटर कक्षा दक्ष एवम् अनुभवि प्रशिक्षकद्धारा पठनपाठन गराईरहेकोले नतिजा जिल्लामै उत्कृष्ट रहेको त्यहाँ अध्ययनरत विद्यार्थीहरु बताउँछन् । प्रोजेक्टर लगायत आधुनिक शैक्षिक सामग्रीबाट अध्यापन, उत्कृष्ट पुस्तकालयको व्यबस्था, दक्ष एवम् अनुभवि प्रशिक्षकद्धारा अध्यापन, पुराना तथा बाहिरि जिल्लाबाट आएका विद्यार्थीहरुलाई विशेष छुट लगायतका विशेषताहरुले भरिपुर्ण यस संस्थामा अध्यापन गर्न ईच्छुक विद्यार्थीहरुको संख्या दिनानुदिन बढिरहेको पाईन्छ । शैक्षिक दक्षता, हाम्रो लक्ष्य भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै अगाडि बढेकाले विद्यार्थीको उपस्थिती सक्रिय रहेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७९ शनिबार ००:००  ७ : ४८ बजे