१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाद्धारा कृषि मन्त्री भुसाललाई स्वागत



काठमाडौं ।
कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाललाई प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई खुमलटारमा स्वागत गरिएको छ ।

सोमबार नवनियुक्त मन्त्री भुसाललाई परियोजना कार्यालयमा एक कार्यक्रमका बीच स्वागत गरिएको हो ।

मन्त्री भुसालको स्वागत पश्चात भएको कार्यक्रममा परियोजना कार्यान्वयन एकाईबाट आजसम्म भए गरेका कामहरुको बारेमा मन्त्रीलाई जानकारी दिइएको थियो ।

उक्त कार्यक्रममा बोल्दै मन्त्री भुसालले परियोजनाले परिणाम निकाल्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । कृषिको विकास बिना देशमा समृद्धि हासिल गर्न नसकिने भन्दै यो परियोजना महत्वपूर्ण रहेको बताउनुभयो ।

परियोजनाबारे आफू पनि अध्ययनमा रहेको भन्दै आगामी दिनमा यसलाई कसरी अगाडि बढाउन सकिन्छ थप छलफल गरेर अगाडि बढ्ने बताउनुभयो ।

उक्त अवसरमा मन्त्रालयका सचिवहरु डा. गोविन्द प्रसाद शर्मा, डा दिपक कुमार खराल लगायतको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०८० सोमबार ००:००  ५ : ५८ बजे