२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

उद्योग व्यापार संघ कपिलवस्तुद्धारा वृक्षारोपण



कपिलवस्तु ।
उद्योग व्यापार संघ कपिलवस्तुले स्थापना दिवसको अवसमा वृक्षारोपण गरेको छ । संघले प्रथम स्थापना दिवसको अवसर पारेर वृक्षारोपण गरेको हो ।

बाणगंगा वडा नं. ५ मा रहेको मधौलि वन उद्यान पार्कमा वृक्षारोपण गरिएको छ । वृक्षारोपणमा सौन्र्दयताका विभिन्न विरुवा रोपिएको हो । वृक्षारोपण गरिएका पाँच थरिका विरुवा हुर्काउने जिम्मा पनि संघ आफैले लिएको जनाएको छ ।

वृक्षारोपण कार्यक्रमलाई संम्बोधन गर्दै उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले बाणगंगाको चिनारीको रुपमा स्थापित हुन सफल मधौलि वन उद्यान पार्क (लभ पार्क) लाई थप सौन्दर्यता गर्नका लागि सबैले भूमिका खेल्नुपर्ने बताए । उनले बाणगंगाको मात्र नभएर राष्ट्रको आर्थिक संवृद्धिका लागि वन र उद्यान पार्कले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले उद्योग व्यापार संघ कपिलवस्तु अर्थतन्तको विकासका लागि वन, उद्यान पार्क जस्ता सम्पत्तिलाई संरक्षण गर्नु सबैको दायित्व हुन आउने बताए ।

साथै उनले लभ पार्कले पर्यटकीय हिसाबले पनि निकै चर्चामा रहेको बताउदै आगामी दिनमा पनि हरेक क्षेत्रमा व्यापार संघले सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

उपस्थित व्यापार संघका संरक्षक टोपनारायण बेल्वासे, निर्वतमान अध्यक्ष हुमनाथ पौडेल, मधौलिया सामुदायिक वनका अध्यक्ष खडानन्द गौतम व्यापार संघका कार्यसमिति, लेखा समिति लगायतको उपस्थित रहेको थियो । वृक्षारोपण कार्यक्रम संस्थाका महासचिव बासुदेव खनालको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १८ असार २०८० सोमबार ००:००  ८ : ०७ बजे