१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कपिलवस्तुमा धान रोप्न पम्पसेट कै भर



कपिलवस्तु ।
पानी नपर्दा कपिलवस्तुका कृषक पम्पसेट कै भरमा धान रोप्ने गरेका छन्। असार सकिए पनि अहिलेसम्म जिल्लामा पर्याप्त बर्षा नहुँदा उनीहरु पम्पसेट कै भरमा सिंचाई गरेर धान रोप्न बाध्य भएका हुन्।

यहाँ नहर कुलो, स्यालोटियुवेल, खोलानाला र पोखरीबाट पानी तानेर सिंचाई गर्ने गरिएको छ। पानी नपर्दा रोपाइको लागि कृषकहरुले पम्पसेट कै सहारा लिन बाध्य भएको कृषक महासंघ कपिलवस्तुका अध्यक्ष गंगा बहादुर बिष्टले बताए।

कृषि ज्ञान केन्द्रका अनुसार पानी नपरेकै कारण असार सकिदासमेत मुस्किलले जिल्लामा ५० प्रतिशत मात्र रोपाई सकिएको छ। अहिले कृषकहरुले धान रोप्नका लागि पोखरी कुलो नहरबाट पम्पसेटले खेतमा सिँचाई गरेर धान रोप्ने गरको बिष्ट बताउँछन्।

बीउ बिजन, मलखाद नपाउँदा मर्कामा परेका कृषकहरु प्रकृतिले समेत साथ नदिदा समस्यामा परेको उनी बताउँछन्। यशोधरा गाउँपालिका वडा नम्बर ४ पर्सौहियाको अम्लोनहाका कृष रामु यादवले पानी नपरेकाले पोखरीबाट पम्पसेटले पानी तानेर धान रोप्ने गरेको बताए। ‘ पानी परेको छैन्, बल्लतल्ल बीउ राखेको थिए, पम्पसेटले सिंचाई गरी धान राप्ने गरेको छु ’ उनले भने।

मजदुरको ज्याला समेत बढेको र त्यसैमा झन् पम्पसेटले सिंचाई गर्नु पर्दा धान खेतीमा धेरै लागत बढको उनले बताए। उनले समयमै बर्षा भएन भने धान मात्र होईन अन्य बाली समेत लगाउन पम्पसेट कै साहारा लिनुपर्ने बताए। शुद्धोधन गाउँपालिकाको लवनीका विश्वम्भर कुर्मीले आफूले पम्पसेटले नै सिंचाई गरी बल्लतल्लन धान रोपेको बताए। ‘ पानी परेको छैन, धान खेतीका लागि अहिले पम्पसेट कै साहारा छ । महंगो डिजलले पम्पसेट चलाउनु पर्छ, धान खेतीको लागत समेत धेरै बढेको छ’ उनले भने।

पोखरीबाट सय मिटर बढी सेक्सनपाईप जोडेर पम्पसेटले पानी तानेर खेतमा पानी ल्याएको उनले बताए। उनले सरकारले कृषि क्रान्तिको नारा मात्र लिएर कृषकहरुलाई झुक्काउने गरेको भन्दै सिंचाई नहुँदा कृषकहरु मारमा परेको बताए। अहिले गाउँ गाउँमा कृषकहरुले खेतमा पम्पसेटले नै सिंचाई गरिरहेको दुश्य सामान्य जस्तै बनेको छ। ऋण गर्जो गरेर खेती गर्छौं तर समयमा पानी नपर्दा लगानी मात्र नभई श्रम पनि खेर जाने गरेको महाराजगञ्ज नगरपालिकाका कृषक नरसिंह कोहारले बताए। सरकारले सिंचाईमैत्री निति ल्याएर गाउँ गाउँमा गर्न खोज्ने कृषकलाई सहयोग गर्नुपर्ने उनले बताए ।

सिंचाई नहुँदासम्म कृषकको स्थिति कहिले पनि सुधार नहुने कृषक अगुवा कृषक बहरैची केबटले बताए। कृषि ज्ञान केन्द्रका प्रमुख राघवेन्द्र चौबेले समय मै बर्षा नहुँदा अहिले कृषकहरु पम्पसेटले सिंचाई गरेर जबरजस्ति खेती गरिरहेको बताए। उनले खेतीयोग्य जमिनको ६० प्रतिशत मात्र सिंचाई सुबिधा पुगेको बताए।

बाह्रै मासे खेती हुने क्षेत्रफल भने केवल ६ प्रतिशत मात्र रहेको छ। उनले जिल्लामा सिंचाईको सुबिधा नहुँदा कृषकहरु मारमा परेको बताए। जिल्लामा ८३ हजार हेक्टर खेतीयोग्य जमीन भएपनि ८१ हजार ५७६ हेक्टरमा खेती हुँदै आएको छ। त्यस मध्ये ७१ हजार ५ सय हेक्टरमा धान खेती गर्ने गरिएको छ।

प्रकाशित मिति : १ श्रावण २०८० सोमबार ००:००  ८ : ३६ बजे