१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुमा अनुदानको मल ससुराली लुकाउने बिरुद्ध अपचलन मुद्दा



कपिलवस्तु ।
कृषि सामग्री कम्पनी लिमिटेड तौलिहवा शाखाबाट सहुलियतको मल लगेर ससुराली लुकाउने शुद्धोधन गाउँपालिका वडा नं. ३ मा रहेको ओम कृषि सहकारीका अध्यक्ष भागीरथी यादव परेका छन् ।

उनलाई अपचलन सम्बन्धी मुद्दा लगाएर प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेताले जानकारी दिए ।

उनले कृषि सामग्री कम्पनी लिमिटेडबाट साढे २९ क्युन्टल डिएपी र १४ क्युन्टल युरिया खरिद गरी लगेका थिएका थिए । किनेको मल उनले सोही गाउँपालिका वडा नम्बर ६ स्थित आफ्नै ससुराली बनारसी यादवको घरका पुर्याएका थिए ।

उनले बढी पैसा लिएर सो मल मध्ये केही बोरा डिलर र अन्य मानिसहरुलाई बेचेको पाइएको थियो । कृषकहरुले यो कुरा थाहा पाए पछि गाउभरी हल्ला चल्यो । मायादेवी अनलाइनमा समेत यो कुरा बाहिर आयो । त्यस पछि प्रहरीले छापा हानेर ५४ बोरा रासायनिक मल बरामद गर्यो । प्रहरीले छापा मार्नु अघि उनले ३२ बोरा मल भने बेची सकेका थिए ।

यो पनि पढ्नुहोस्… कपिलवस्तुमा अनुदानको ५४ बोरा रासायनिक मल सहकारीका अध्यक्षले ससुरालीको घरमा पुर्‍याए

प्रकाशित मिति : ८ श्रावण २०८० सोमबार ००:००  ११ : ५५ बजे