५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

विद्यालयका चालकलाई ट्राफिक सुरक्षा अभिमुखिकरण



मायादेवी अनलाइन, बाणगंगा।

कपिलवस्तु जेसीजले बिद्यालयका चालकलाई ट्राफिक सुरक्षा अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ । ‘हाम्रो भविष्य बोक्ने बिद्यालयका चालकलाई ट्राफिक सुरक्षा’ भन्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रम संचालन गरिएको कपिलवस्तु जेसिजका अध्यक्ष अमृत घिमिरेले जानकारी दिनुभयो ।

नेको इनस्योरेंस जितपुर शाखा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको प्राविधिक सहयोगमा सम्पन्न अभिमुखिकरण कार्यक्रममा बाणगंगा नगरपालिका भित्र रहेका सरकारी तथा निजी विद्यालयका ४० बढी चालक सहचालकको उपस्थिती रहेको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सरोज केसीले चालकलाई ट्राफिक नियमको पालना साथै विद्यालयका चालकले अपनाउनुपर्ने बिभिन्न सुरक्षा सम्बन्धी सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी डोलकराम घिमिरेले विद्यालयका चालक सहचालकको प्रत्यक्ष रुपमा बालबालिकाको बिद्यालय आवतजावत गर्ने क्रममा सुरक्षाका लागि भुमिका रहने र अभिमुखीकरणले दुर्घटना न्यूनिकरणमा अझ बढी सचेत हुन सहयोग पुग्ने बताउनुभएको थियो । कार्यक्रममा कपिलवस्तु जेसीजका पूर्व अध्यक्ष पोष्टराज गौतमले जेसिजले सिर्जनात्मक कार्य गरेर समाजमा योगदान पुर्‍याएको बताउनुभयो । नेको इनस्योरेंस जितपुर शाखाका प्रमुख जनक बेलबासे बीमा सम्बन्धी जानकारी दिनुभयो ।

नेपाल जेसीज वर्ष २०२३ का राष्ट्रिय उपाध्यक्ष जेसी गुरुदेव पौडेलको आतिथ्यता रहेको सो कार्यक्रम जेसी झबिन्द्र खनालको संयोजन, जेसी तिलकराम पाण्डेको आस्था पाठ तथा जेसी मिन बहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०८० सोमबार ००:००  ७ : ५३ बजे