१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलधाममा मनाइयो १६ औं राष्ट्रिय पुस्तकालय दिवस



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा- ९ कपिल आरोग्य मन्दिर कपिलधाममा १६ औँ राष्ट्रिय पुस्तकालय दिवस मनाइएको छ ।

कपिल प्रज्ञा पुस्तकालयको आयोजनामा १६ औं रास्ट्रिय पुस्तकालय दिवस यहाँ मनाइएको हो ।

कार्यक्रमको उद्घाटन नवसर्जक साहित्यकी केन्द्रिय उपाध्यक्ष जोशीका कँडेलले गरेकी थिइन् ।

आजभोलि प्राविधिको समयले गर्दा पुस्तकालय प्रति पाठकहरुको रुचि कमि हुँदै आएकोमा बोल्ने बक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रममा कपिलवस्तु नागरिक समाजका प्रतिनिधि धर्मराज घिमिरे, साहित्यकार ऋषि केशव भारद्वाज, बुद्धिजीवी मोहन ज्ञवाली, सूर्य प्रसाद भुसाल लगायतले पुस्तकको महत्वलाई कविताद्धारा प्रस्तुत गरेका कपिलधामका अध्यक्ष शंकर प्रसाद आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : १५ भाद्र २०८० शुक्रबार ००:००  ६ : १७ बजे