तौलिहवा, मायादेवी अनलाइन ।
४ वटा पालिकाका स्वास्थ्यकर्मीका लागि खुशहाल परिवार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तुको शुद्धोधन, मायादेवी गाउँपालिका, शिवराज र कपिलवस्तु नगरपालिका ३० जना स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरिएको हो ।
२ दिनसम्म तौलिहवामा आयोजित खुशहाल परिवार सम्बन्धी कार्यक्रममा सेवाग्राहीलाई स्वास्थ्यकर्मीले सम्मानजनक सेवा दिनुपर्ने बताइएको छ । खासगरी लक्षित समूह लाभग्राही संस्थामा स्वास्थ्य सेवा लिन जाँदा सम्मानजनक व्यवहार र प्रभावकारी सेवा दिनुपर्ने सरोकारवालाले बताएका छन् । विभिन्न जातजाती धर्म संस्कृतिका समुदाय बसोवास गर्ने भएकाले उनीहरुको समस्यालाई बुझेर आवश्यक परामर्श सहितको स्वास्थ्य सेवा दिनुपर्नेमा जोड दिइएको छ ।
कार्यक्रममा धर्म गुरु नियाज अहमदले खुशहाल परिवार कार्यक्रमले मुस्लिम समुदायमा सकारात्मक प्रभाव पारेको बताउनुभयो । इण्डोनेशिया भ्रमणको अनुभव सुनाउदै खुशहाल परिवार कार्यक्रमबारे उहाँले भन्नुभयो, ‘परिवार योजना हाम्रो धर्मको हिस्सा हो, परिवार नियोजन होइन, फेमिली प्लानिङको परिभाषा हाम्रो समाजमा गलत भयो, सरकारले परिवार नियोजनको नारा दियो’ यो वेठीक छ, हाम्रो समुदायले मान्दैन, उहाँले भन्नुभयो । मुस्लिम धर्म ग्रन्थले आमाको स्वास्थ्यलाई महत्व दिएको छ, २ वर्षसम्म बच्चालाई आमाको दुध खुवाउनु पर्छ भन्छ, कति बच्चा जन्माउने भन्ने महिलालाई अधिकार छ, जन्मान्तर, लालनपालन पोषण गर्न सक्नुपर्दछ, नियाजले भन्नुभयो – पारिवारिक योजना कार्यक्रम आवश्यक छ, अझ विद्यालयमा पाठ्यक्रम बनाएर लैजानुपर्दछ ।
कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरब ढकालले खुशहाल परिवार कार्यक्रम रुपन्देहीमा प्रभावकारी रुपमा अघि बढेको बताउनुभयो । पालिकाहरुले पनि बजेट छुट्टाएर काम थालेको बताउदै स्वास्थ्य कर्मीले लक्षित समूहलाई प्रभावकारी स्वास्थ्य सेवा दिएर धेरै परिवर्तन ल्याउन सकिने बताउनुभयो ।
युएनएफपिएका क्षेत्रीय प्रमुख राम थापा, जिल्ला अधिकृत संजय शर्माले खुसहाल परिवारको दृष्टिकोण, परिवार योजना, प्रजनन् स्वास्थ्यको अवस्था, जनसंख्याको व्यवस्थापनबारे जानकारी दिनुभएको थियो ।
कार्यक्रम समापनको अवसरमा स्वास्थ्य आपूर्ति महानिर्देशक डा.सर्वोश शर्मा, बुटवलका आपूर्ति केन्द्रका निर्देशक रोशनलाल चौधरी, स्वास्थ्य आपूर्ति स्टोर शाखाका केशवराज काफले, साझेदार संस्था सिद्धार्थ सामाजिक विकास केन्द्रका उपाध्यक्ष तिलोचन घिमिरे, कार्यक्रम संयोजक रामनारायण शाह लगाएतको लगाएतले बोल्नुभएको थियो ।
कार्यक्रममा स्वास्थ्य संस्थाको कार्ययोजना सहितको समिक्षा, रिपोटिङ्ग सिस्टम बारे छलफल गरिएको स्वास्थ्य कार्यालय कपिलवस्तु फोकल पर्सन प्रभास पन्थीले बताउनुभयो । लुम्बिनी प्रदेशमा कपिलवस्तु मातृ मृत्यु दर बढी भएको जिल्ला हो ।

प्रतिक्रिया