१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

खुतखुते सामुदायिक बनले फलफूलका बिरुवा लगायो



बाबुराम रायमाझी, कपिलवस्तु ।

‘बिरुवा रोपौ, स्वयं संरक्षण गरौं, वन जाेगाऔ’ भन्ने मुल नाराका साथ बाणगंगा- ९ मा रहेको खुतखुते सामुदायिक बन उपभोक्ता समुह उत्तम नगर टाेलले वनकाे खालि रहेको जग्गामा २ सय ५० वटा सुन कागतीका विरुवा लगाएको छ ।

साथै बनका उपभोक्तालाई रेड लेडि (मेवा) २ सय ५० वटा फलफूलका बिरुवा वितरण गरिएको समुहका अध्यक्ष भिम बहादुर पुनले बताए ।

यस बन २ सय ५३ दशमलव ५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । बनमा २ सय ७ घरधुरी उपभोक्ताहरु लाभान्वित रहेको समुहका कोषााध्यक्ष ख प्रसाद बुढाले बताएका छन् ।

सामुदायिक बनले विभिन्न निकायको समन्वयमा बन संरक्षणसंगै रचनात्मक कार्यहरु गर्दै आएको छ ।जसमा ३ वटा रिचार्ज पोखरीको निर्माण, ४ सय ८२ मिटर सिचाइ नहर, ८४ मिटर लम्बाई रहेको तटबन्द निर्माण जस्ता महत्त्वपूर्ण निर्माणकार्य गरेको छ ।

त्यस्तै बाँसजन्यबाट उत्पादन हुने चिजहरु निर्माण गरि गरिबी न्यूनीकरणका लागि डिभिजन वन कार्यालय कपिलवस्तु र खुत्खुते सामुदायिक बनको साझेदारीमा २ थान बाँसजन्य मेसिन पनि संचालनमा आएको समुहका अध्यक्ष पुनले बताए ।

बाणगंगा- ९ मा अन्य सामुदायिक बन भन्दा अब्बल र क्रियाशिल सामुदायिक बनकाे रूपमा पनि यो बन परिचित रहेको छ । खुतखुते सामुदायिक बन अर्घाखाँचीको शितगंगा नगर पालिको छिमेकी सामुदायिक बन पनि हो ।

प्रकाशित मिति : २४ भाद्र २०८० आइतबार ००:००  ६ : ५६ बजे