१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बाणगंगा नदिको जग्गा विक्रि प्रकरणको वास्तविकता के ?



मायादेवी अनलाइन, बाणगंगा ।
गत साता बाणगंगा- ६ साविक अमौली क्षेत्रमा नदीमा रहेको जग्गा वडाध्यक्षकै मिलेमतोमा विक्रि भएको समाचार बाहिरिएपछी वडाध्यक्ष करुण टण्डनले पत्रकार सम्मेलन मार्फत वास्तविकता वाहिर ल्याएका छन् ।

जग्गा विक्रि गरेका जोख्खन थारु, खरिद गर्ने प्रयुस्मा थापाकी आमा सम्झना थापा, साक्षी रहेका हरि प्रसाद पाण्डे समेतको उपस्थितीमा सो जग्गा खरिद विक्री प्रकरणको वास्तविकता वाहिर आएको हो ।

अमौलीका ढिण्डु थारुको छोरा जोख्खन थारुको वर्षौदेखि नदी उकासमा रहेको जग्गालाई कृषि क्षेत्र रहेको भनी सिफारिस गरेपछि उनको आलोचना भएको थियो । तर कानुन अनुसार आफनो क्षेत्राधिकार भित्र रहेर सिफारिस गरेको दावी गर्दै वडा अध्यक्ष टण्डनले भने, ‘म कुनै प्रलोभनमा नपरी नियम अनुसार काम गरेको छु, गल्ती गरेको भए प्रमाणित गरेर देखाउन चुनौती दिन्छु ।’

बाणगंगा नगरपालिकाको भु–बर्गिकरणमा आवास क्षेत्र र कृषि क्षेत्र गरी दुई किसिमको वर्गिकरण गरिएको छ, सोही आधारमा जग्गाधनीले कागजात पुरा गरेपछि आफुले सिफारिस दिएको उनले बताए । वडाध्यक्ष टण्डनले भने, ‘उक्त जग्गामा खोला नदी रहेको एकीन कसरी गर्ने, लालपुर्जा र अन्य प्रमाण छन् सेवाग्राही आएपछि तत्काल सेवा दिने आफ्नो कर्तव्य हो ।’ तर सेवाग्राहीले झुक्काएको पनि उनले टिप्पणी गरेका थिए ।

खोलाको जग्गा खरिद विक्रीमा वडाध्यक्षसंग कुनै लेनदेन नरहेको स्थानीय जोख्खन थारुले स्पष्ट पार्दै उनले भने, ‘मेरो घरायसी ऋण र बाध्यताले गर्दा जग्गा बेच्न परेको हो ।’

खरिद विक्री भएको सो जग्गामा कृषि वाहेक अन्य कुनै गलत मनसायले लिएको भए त्यो कल्पना समेत नगर्न खरिदकर्तालाई चेतावनी समेत दिएका थिए । वडा अध्यक्ष टण्डनले पत्रकार सम्मेलनमा राजनीतिक पूर्वाग्राहीले बाणगंगा नदीको जग्गा किनबेचको सिफारिसमा आफूलाई बदनाम गर्न खोजेको आरोप समेत लगाएका छन् ।

खरिदकर्ताले १६ लाखमा उक्त जग्गा किनेको दावी गरेपनी विक्रि गरेका थारुले २ लाख ५० हजार मात्र पाएपछी बाँकी पैसा विचौलियाले खाएको आशंका गरिएको छ । सम्मेलनमा नवलपरासीका हर्षलाल यादव मार्फत उक्त जग्गा खरिद गरेको थापाले बताएकी छन् ।

जग्गा खरिद गर्दा खोला पर्दछ भन्ने बारे आफू अनविज्ञ भएको बताउँदै विश्वासका आधारमा जग्गा खरिद गर्दा समस्यामा परिएको सम्झना थापाले बताइन् । उनले उक्त जग्गा सरकारको नियमानुसार रही जे गर्न मिल्दछ त्यही गर्ने बताइन् ।

त्यस क्षेत्रमा कैयौं व्यक्तिका करोडौंका जग्गा नदीको वहावले धार परिवर्तन गर्दा खोलामा परिणत भएको हो ।
सार्वजनिक जग्गा जमिन, सम्पत्तीहरु राज्यले संरक्षण गर्नुपर्ने दायित्व हो ।

प्रकाशित मिति : १० आश्विन २०८० बुधबार ००:००  ९ : २८ बजे