५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलको अध्यक्षमा पौडेल



वाणगंगा, मायादेवी अनलाइन ।
वाणगंगा नगरपालिका वडा नम्बर २ राजपुरस्थित ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलको संचालक समितिको अध्यक्षमा नारायण पौडेल चयन हुनुभएको छ ।
जिल्लामा सफल व्यवसायी र सामाजिक क्षेत्रमा राम्रो छवि बनाएका पौडेललाई शुक्रबार सम्पन्न २५ औं साधारणसभा तथा छैठौं अधिवेशनले अध्यक्षमा चयन गरेको हो । अधिवेशनले शंकर पाण्डे, रोमकान्त घिमिरे, चिरञ्जीवी पन्त, बिष्णु प्रसाद घिमिरे, जुनुमनी पाण्डेलाई सदस्यमा चयन गरेको छ भने लेखा समिति संयोजकमा लेखनाथ पौडेल र सदस्य पदमा बाबुराम घिमिरे, गोबिन्द पोखरेल रहनुभएको छ ।
अध्यक्षमा चयन हुनु भएका पौडेलले आफ्नो कार्यकालमा विद्यालयमा गुणस्तर शिक्षा कायम गर्ने वातावरण मिलाउने बताउनुभयो । विद्यालयलाई भौतिक रुपमा थप बलियो बनाउँदै जिल्लाको अग्रस्थानमा ल्याउन प्रयास गर्ने उहाँको दावी छ ।
सरल र विद्यालयप्रति निकै चासो राख्ने प्रवृत्तिका पौडेललाई अध्यक्षको रुपमा पाउँदा अभिभावक र विद्यालय परिवार खुशी भएको प्रिन्सिपल सुरेन्द्र पाण्डेले बताउनुभयो । उहाले पौडेलको नेतृत्वले विद्यालयमा थप गति र उर्जा भरिने विश्वास व्यक्तगर्दै सफलताको कामना गर्नुभएको छ ।
ज्ञानपुञ्ज जिल्लाको अग्रस्थानमा पर्नेे विद्यालयको रुपमा चिनिन्छ । विद्यालयले ब्रिटिस काउन्सिलले प्रदान गर्ने आइएसए मान्यता प्राप्त गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८० शनिबार ००:००  १ : ०५ बजे