४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

भक्तौलिमा अर्यालको फूलखेती, स्थानीय उत्पादनलाई प्राथमिकता दिऊ



मायादेवी अनलाइन, बाणगंगा ।

बाणगंगाका युवा नारायण अर्यालले व्यवसायिक फूलखेती लगाएका छन् । कपिलवस्तुको बाणगंगा – ३ भक्तौलीमा ५ कट्ठा जग्गामा उनले सयपत्रीको व्यवसायिक फूलखेती गरेका हुन् । अर्यालले आफनै खेतमा डेढ लाख लगानी गरी फूलखेती गरेका हुन् । उनले यस सिजनमा फुल विक्रीबाट ५ लाख बढि आम्दानी हुने अपेक्षा राखेका छन् । छोटो अवधीमा तयार हुने सयपत्री फूल मंसिर अन्तीम साता सम्म विक्री वितरण गर्ने लक्ष्य रहेको अर्यालले बताए ।

फक्क्रेको सयपत्री फूल अहिले खेतमा पहेलै देखिएको छ । बोटमा भर्खर फुल्दै गरेको, कोपिला र फक्क फक्क्रेको सयपत्री फूल तयार छ । बोटको कोपिला एक हप्तामा तयार भई फूलमा परिणत हुन्छ । एउटा बोटमा डेढसय देखि २ सय सम्म फुलफुल्ने अनुमान छ । पहिलो लटमा तयार भएका फूलहरु टिपेर विक्रीका लागि बजारमा लैजान तयारी गरेको अर्यालले बताए ।

अहिलेसम्म कुनै व्यापारी फूल खरिदका लागि सम्पर्कमा नआएको बताउँदै अर्यालले भने, ‘चाडपर्व आउँदैछ हामी फुलको माला उनेर बजारमा विक्रीका लागि लैजाने योजना बनाएका छौं ।’

‘पहिलो पटक फूलखेती गरेका छौं, यसबाट कस्तो प्रभाव पर्दछ, अनुभव गर्छौ, अर्यालले भने, हामी जस्ता युवा आफनै ठाउँमा स्वरोजगार बनी रोजगारी सिर्जना गर्दा स्थानीय सरकारले प्रोत्साहन गर्नुपर्दछ ।’ व्यवसायिक फूलखेतीमा दैनिक ३ देखि ५ जना कर्मचारीहरु काम गर्दै आएका छन् । स्थानीय स्तरमा स्वरोजगार र रोजगारी सिर्जना गरेका व्यवसायीलाई स्थानीय सरकारले हेर्नुपर्ने अर्याल बताउँछन् ।

कर्मा ५५५ जातको सयपत्री फूल खेतमा लगाइएको छ । अर्याल यसवर्ष धानखेती नगरेर फूलखेती तर्फ आकर्षित भएका हुन् । चाडपर्व र अन्य समयमा भारतबाट फूल आयात बढेपछि व्यवसायिक फूलखेती मार्फत आम्दानी गर्ने सोचले आकर्षित भएका हुन् । फूल खेतीमा युवायुवतीहरुको फोटो खिच्ने भिड र स्थानीय ग्राहकहरु आएर खरिद गर्ने गरेको अर्यालले बताए । पालिकाहरुले प्लाष्टिकका फूल विक्री वितरणमा रोक लगाएपछि स्थानीय उत्पादनले प्राथमिकता पाउने भएपछि युवाहरु उत्साहित भएका छन् ।

फूलखेतिमा फोटो खिच्ने रहर

प्रकाशित मिति : २० कार्तिक २०८० सोमबार ००:००  ९ : ४७ बजे