२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

आजको वाणगंगा कार्यपालिका वैठकका महत्वपूर्ण निर्णय के भए त ?



मायादेवी अनलाइन ।
वाणगंगा नगरपालिका नगर कार्यपालिकाको वैठक बुधवार सम्पन्न भएको छ । गत वैठकको निर्णय कार्यान्वयनको समिक्षा गर्दै केही महत्वपूर्ण निर्णय भएको नगर प्रवक्ता तथा वडा न. २ का वडाध्यक्ष विष्णु प्रसाद पौडलले जानकारी दिए । प्रवक्ता पौडेलका अनुसार नगरपालिकाले आवहन गरिसकेको नगरको लोगो छनौटका लागि वडा न. ७ का वडाध्यक्ष विष्णु गिरीको संयोजकत्वमा ५ सदस्यीय छनौट समिति गठन गरेको छ । जसको सदस्यहरुमा वडा न. ६ का वडाध्यक्ष करुण टण्डन, वडा न. १० का वडाध्यक्ष यमप्रसाद पोख्रेल, कार्यपालिका सदस्य शान्ता पाण्डे र नगरपालिकाका सूचना अधिकृत मिलन पोख्रेल सदस्य सचिव रहेका छन् ।
वैठकलले पशुचौपया नियन्त्रण, व्यवस्थापन तथा पूर्वाधार निर्माण कार्यविधी २०७९ लाई संशोधन सहित पारित गरेको छ । यस्तै वैठकले पशुपंक्षी तथ्यांक संकलन निर्देशिका २०८० लाई पनि स्वीकृत गरेको छ । यसबाट छाडा चौपया व्यवस्थापनमा सहज हुने अपेक्षा रहेको बताइएको छ । नगरपालिका भित्र रहेका सम्पूर्ण पशु तथा पंक्षीहरुको तथ्यांक लिने काम पनि तत्काल अघि बढ्ने भएको छ ।
वैठकले नगर युवा परिषद् संचालन कार्यविधी २०८० समेत पारित गरेको छ भने संघीय सरकार, मन्त्रालय, प्रदेश सरकार एव विभिन्न निकाय र अयोगबाट प्राप्त परिपत्रबारे जानकारी तथा छलफल गरेको छ ।
जाजरकोट र रुकुम पश्चिमा भूकम्प प्रभावितलाई ५ लाख नगरपालिकाले सहयोग गर्ने निर्णय गरेको थियो । वैठकले भुकम्पबाट ज्यान गुमाएका व्यक्ति प्रति श्रद्धान्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना र पीडित परिवारलाई आवश्यक राहत तथा उद्धारको कार्यमा जुट्न सवैमा अपिल समेत गरेको नगर प्रवक्ता पौडेलले जानकारी दिए ।
आउदै गरेको नेपालीहरुको चाड तिहार पर्व मर्यादित बनाउदै सुसभ्य र मितव्ययी तरिकाले मनाउन नगरवासीलाई अनुरोध गरेको प्रवक्ता पौडेलले जानकारी दिए । वैठकमा नगर प्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिताकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०८० बुधबार ००:००  ७ : ०० बजे