१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

सहकारी संजालको अध्यक्षमा अधिकारी



कपिलवस्तु ।

शिवराज नगरपालिकामा कृयाशिल सहकारी संस्थाहरुको भेलाले नगरस्तरीय सहकारी संजाल गठन गरेको छ । अरनीको बचत तथा ऋण सहकारी सस्था लिमिटेडको समन्वयमा सहकारीको भवन चन्द्रौटामा भएको सहकारीहरुको भेलाले नगर संजाल बनाएको हो । भेलाले सहकारी अभियान्ता शरद अधिकारीको अध्यक्षतामा ११ सदस्यिय समिति बनाएको हो ।

समितिको उपाध्यक्षमा गोपाल बन्जाडे, सचिव नवराज न्यौपाने, सह सचिव तारा चौधरी र कोषाध्यक्ष भिम खनाल चयन हुनुभएको छ । भेलाले जिवन केसि, भगवता खनाल, सत्यनारायण कुर्मि, बिष्णु पोख्रेल, टिका बिक र कमला डुम्रेलाई सदस्य चयन गरेको छ । नव निर्वाचीत अध्यक्ष शरद अधिकारीले सहकारी संजालले सहकारीहरुको हितमा काम गर्ने बताउनुभएको छ । सहकारी संस्थामा आवद्व सदस्यहरुलाई क्षमता बिकासका तालिमहरु सन्चालन गर्ने उहाको भनाई छ । भेला अरनीको बचत तथा त्रटण सहकारी संस्थाका अध्यक्ष दोर्ण प्रसाद उपाध्यायको प्रमुख आतिथ्यता, जन बिकास स्वालम्बन सहकारीका अध्यक्ष सत्यनारायण कुर्मिको अध्यक्षता र सचिव नवराज न्यौपानेको सन्चालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : १७ फाल्गुन २०८० बिहिबार ००:००  ९ : ०१ बजे