१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

म्यान्चेस्टर सिटी उपाधि नजिक



काठमाडौं ।
म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधि होडमा आफूलाई थप बलियो बनाएको छ ।

शनिवार भएको खेलमा फुलहममाथि ४-० को शानदार जित निकाल्दै सिटीले आर्सनलमाथि दबाब कायम गर्न सफल भएको छ ।

खेलको १३ औँ मिनेटमा सिटीका ग्भार्डिओलले टोलीका लागि पहिलो गोल गरे । पहिलो हाफमा १-० को अग्रता बनाएको सिटिले थप तीन गोल दोश्रो हाफमा गरेको हो ।
दोस्रो हाफको ५९ औँ मिनेटमा फिल फोडेनले टोलीको अग्रता दोब्बर बनाए ।

खेलको ७१ औँ मिनेटमा ग्भार्डिओलले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटी ३-० को अग्रता कायम गर्न सफल बन्यो ।

इन्जुरी समयमा पाएको पेनाल्टीलाई अल्भारेजले गोलमा परिणत गरेपछि टिम ४-० ले विजयी बन्यो । जितपछि ३६ खेलपछि सिटीको ८५ अंक छ । दोस्रो स्थानमा रहेको आर्सनलको समान खेलबाट ८३ अंक छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१ आइतबार ००:००  ७ : १३ बजे