११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

आईपीएलः मुम्बईलाई हराउँदै कोलकाता प्लेअफमा



एजेन्सी ।
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता प्लेअफमा पुगेको छ । गएराति भएको खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले हराउँदै कोलकता नाइट राइडर्स प्लेअफमा पुगेको हो ।

योसँगै यो सिजनको आईपीएलमा प्लेअफमा पुग्ने कोलकता पहिलो टोली बन्यो । वर्षाका कारण ढिलो शुरु भएर १६ ओभरमा झारिएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकताले सात विकेट गुमाएर एक सय ५७ रन बनाएको थियो । एक सय ५८ रनको लक्ष्य पछ्याएको मुम्बईले १६ ओभरमा आठ विकेट गुमाएर एक सय ३९ रन मात्र बनाउन सक्यो ।

जितपछि शीर्ष स्थानमा रहेको कोलकाताको १२ खेलमा १८ अङ्क छ । पराजित मुम्बइको भने १३ खेलमा आठ अङ्क मात्रै छ । मुम्बई यसअघि नै प्लेअफबाट बाहिरिसकेको छ ।

आईपीएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । दिउँसो पौने ४ बजे शुरु हुने खेलमा चेन्नाई सुपर किंग्स र राजस्थान रोयल खेल्नेछन् । यस्तै बेलुका पौने ८ बजे हुने खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु ९आरसीबी० र दिल्ली क्यापिटल्स खेल्नेछन् ।

प्रकाशित मिति : ३० बैशाख २०८१ आइतबार ००:००  ७ : २१ बजे