१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

स्पेनिस ला लिगा : रियल मड्रिडको फराकिलो जित



काठमाडौं ।
स्पेनिस ला लिगा फुटबलमा उपाधि पक्का गरिसकेको रियल मड्रिडले आफ्नो अग्रतालाई झनै बढाएको छ ।

गएराति भएको खेलमा ग्रानाडालाई ४–० गोलले हराउँदै रियल मड्रिडले आफ्नो अग्रतालाई फराकिलो बनाएको छ ।

रियलका लागि ब्राहिम डीयाजले दुई तथा फ्रान गार्सिया, आर्डा गलेरले एक–एक गोल गरेका थिए ।

खेलको ३८औँ मिनेटमा गार्सियाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गुलेरले गोल गर्दै रियलको अग्रतालाई दोब्बर बनाए ।

त्यसपछि खेलको ४९औँ तथा ५८औँ मिनेटमा डीयाजले गोल गर्दै रियल मड्रिडलाई ४–० गोलको जित दिलाए ।

यो जितसँगै ३५ खेलबाट ९० अंक जोडेको रियल मड्रिड शीर्षस्थानमा छ । पराजित भएको ग्रानाडाको २१ अंक छ । यस्तै, दोस्रो स्थानमा रहेको जिरोनाको ७५ अंक छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१ आइतबार ००:००  ७ : ४४ बजे