१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बेंगलुरुले दिल्लीलाई हरायो, प्लेअफ सम्भावना कायमै



काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुले दिल्ली क्यापिटल्सलाई पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा बेंगलुरुले दिल्लीलाई ४७ रनले पराजित गरेको हो ।

१८८ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा १४० रनमा अलआउट भयो । दिल्लीका अक्षर पटेलले सर्वाधिक ५७ रन बनाए भने साई होपले २९ र जेक फ्रेजर-मक्गर्कले २१ रन बनाए ।

बेंगलुरुका यश दयालले ३ तथा लोकी फर्गुसनले २ विकेट लिंदा स्वप्निल सिंह, मोहम्मद सिराज र क्यामरन ग्रीनले एकरएक विकेट लिए ।

पहिले ब्याटिङ गरेको बेंगलुरुले ९ विकेट गुमाएर १८७ रन बनाएको थियो । बेंगलुरुका रजत पतिदरले ५२, विल ज्याक्सले ४१, क्यामरण ग्रीनले ३२ र विराट कोहलीले २७ रनको योगदान गरे ।

दिल्लीका खलिल अहमद र रशिख सलामले दुईरदुई तथा इशान्त शर्मा, मुकेश कुमार र कुलदीप यादवले एकरएक विकेट लिए ।

यो जितसँग बेंगलुर १२ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ । दिल्ली र लखनउको पनि समान १२ अंक छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१ सोमबार ००:००  ६ : २५ बजे