१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

इंग्लिस प्रिमियर लिग : आर्सनल पुनः शीर्षस्थानमा



काठमाडौं ।
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पुनः शीर्षस्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० गोलले हराउँदै आर्सनल शीर्षस्थानमा उक्लिएको हो ।

आर्सनलका लागि लियान्द्रो ट्रोसार्डले एक गोल गरेका थिए । उनले खेलको २०औँ मिनेटमा गरेको गोल नै आर्सनलको जितका लागि निर्णायक बनेको थियो ।

यो जितपछि आर्सनलको ३७ खेलबाट ८६ अंक भएको छ भने एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ८५ अंक छ । अब आर्सनलले एक तथा सिटीले दुई खेल खेल्न बाँकी छ ।

अब आर्सनलले एभर्टनसँग र सिटीले टोटनहम हट्सपर तथा वेष्टह्यामविरुद्धको खेल खेल्न बाँकी छ ।

आर्सनलसँग पराजित भएको म्यानचेस्टर युनाइटेड ५४ अंकका साथ आठौँ स्थानमा छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१ सोमबार ००:००  ६ : ४८ बजे