६ असार २०८३, शनिबार | Sat Jun 20 2026

लुम्बिनी कप महिला फुटबल, उपाधिका लागि पुलिस र सशस्त्र भिड्दै



काठमाडौं ।

लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनल खेल शुक्रबार हुँदैछ ।

नेपालगञ्ज रङ्गशालामा अपराह्न ४ बजे शुरु हुने फाइनल खेलमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ९एपीएफ०बीच भिडन्त हुनेछ। विभागीय टोलीबीचको खेल रोमाञ्चक हुने ठानिएको छ।

नेपाल प्रहरीका प्रशिक्षक सुमन सुवेदीले एपीएफमा राष्ट्रिय टिमका खेलाडीको बाहुल्य रहे पनि उपाधि जित्नेगरी खेलको रणनीति बनाएको बताए। एपीएफकी प्रशिक्षक भगवती थापाले नेपाल प्रहरीको टोलीसँगको खेल चुनौतीपूर्ण भए पनि कमजोरीलाई सुधारेर आफ्ना खेलाडी मैदानमा उतार्ने बताइन्।

प्रतियोगिताको विजेतालाई पाँच लाख पाँच हजार ५५५ र उपविजेताले रु दुई लाख ५० हजार रुपैयाँ पुरस्कार हात पार्नेछन्।

प्रकाशित मिति : १२ बैशाख २०८२ शुक्रबार ००:००  ८ : ३५ बजे