मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुमा कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या बढ्न थालेपछि सदरमुकाम तौलिहवामा रहेको कपिलवस्तु अस्पतालमा उनीहरुको उपचारमा समस्या हुन थालेको छ । कपिलवस्तु नगरपालिका र स्वास्थ्य कार्यालयको पहलमा तौलिहवाको जमुवार टोलमा स्थापना गरिएको २० शय्या बेडको कोरोना अस्थायी अस्पतालमा सङ्क्रमित बिरामीहरु राख्ने ठाउँ नभएपछि कपिलवस्तु अस्पतालमै सङ्क्रमित बिरामीहरुको उपचार सुरु गरिएको हो ।…