मायादेवी अनलाइन, चार नम्बर । कोरोना भाइरसको संक्रमणबाट कपिलवस्तुका एक पत्रकारको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका १ तौलिहवा निवासी ६२ वर्र्षीय बनारसी बर्माको कोरोना भाइरसको संक्रमणबाट आज मृत्यु भएको हो । मिर्गाैलाको समस्या, सुगर र उच्च रक्तचापबाट पीडित पत्रकारको मृत्युपछि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिनुभयो ।…