जितपुर (कपिलवस्तु) २५ साउन । कपिलवस्तुको बाणगंगा १ उप्टहवा निवासी बुद्धि सागर बेल्बासेले आफ्नो आमाको जन्म दिनको अवसर पारेर शैक्षिक सामाग्री बितरण गर्नुभएको छ । आफ्नी आमा खिमकला बेल्बासेको ७५ औ जन्मउत्सवको अवसर पारेर यस क्षेत्रका बिभिन्न सरकारी बिद्यालयहरुमा अध्ययनरत गरीव तथा जेहेन्दार बिद्यार्थीहरुलाई एक कार्यक्रमका बिच शैक्षिक सामाग्री बितरण गर्नुभएको हो । कार्यक्रममा २५…