१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

खानेपानीको मुहान सुक्दा कपिलवस्तुका दर्जनौँ गाउँ काकाकुल

भुपाल थापा, कपिलवस्तु । भूमिगत पानीको मुहान सुकेपछि कपिलवस्तुका दर्जनौँ गाउबस्तीमा पानीको हाहाकार भएको छ  । चुरेको अनियन्त्रित उत्खनन तथा अत्यधिक दोहनले जिल्लाका अधिकांश स्थानमा रहेका भूमिगत जलका स्रोतहरू सुक्न थालेपछि खानेपानीको समस्या भएको हो  । पछिल्लो समय चुरे क्षेत्रसँग जोडिएको जिल्लाको बाणगंगा नगरपालिका, बुद्धभूमि नगरपालिका र कपिलवस्तु नगरपालिकाका विभिन्न स्थानमा समस्या देखिएको हो ।…