कपिलवस्तु । अवैध रूपमा भारतबाट नेपाल ल्याउँदै गरेको १५ लाख रुपैयाँबराबरको विदेशी ब्रान्डका चुरोट कपिलवस्तुको कृष्णनगरबाट सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, कृष्णनगरको टोलीले अन्दाजी १५ लाख मूल्यको चुरोट बरामद गरेको बताएको छ। कृष्णनगरमा रहेको सशस्त्र प्रहरीको चेकजाँचस्थलबाट लु।२ख ६५४१ नम्बरको डिलक्स बसको डिक्कीमा लुकाएर राखिएको चुरोट नियन्त्रणमा…