६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

वन उपभोक्ताको आयस्तर उकास्न क्षमता विकासमा जोड

मायादेवी अनलाइन, बाणगंगा। कपिलवस्तुको श्रृंगीघाट सामुदायिक वन उपभोक्ता समूहले घुम्ती कोषलाई व्यवस्थित, पारदर्शी र दिगो रूपमा सञ्चालन गर्ने उद्देश्यले दुईदिने तालिम सम्पन्न गरेको छ। आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत समूहमा आबद्ध १४ मौजाका प्रतिनिधिहरूलाई लक्षित गरी सञ्चालन गरिएको तालिम सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाको प्राविधिक तथा सहजीकरण सहयोगमा सम्पन्न भएको हो।…