काठमाण्डौ । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मीनराज रानाको गाडी दुर्घटनामा ज्यान गएको छ । हिजो उपप्रमुख रानाले नगरपालिकाको लुम्बिनी प्रदेश ०१–००१ झ ०००८ नम्बरको गाडी आफैँ चलाएर स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गर्दा दुर्घटना भएको हो । गाडी खाल भन्ने ठाउँमा दुर्घटना हुँदा रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि अधिकारीले जानकारी…