सिरहा । सिरहा जिल्ला अदालतका सवारी चालक १ लाख १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले अदालतका सवारी चालक वृजमोहन यादवलाई १ लाख १० हजार घुस सहित बिहीबार दिउँसो पक्राउ गरको हो । सेवाग्राहीसँग न्यायाधीश मिलाएर मुद्दा जिताउने शर्तमा उनले घुस रकम लिएको अख्तियारले जनाएको छ…