तेहरान । इरानको तेहरानस्थित एक मेयरमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । स्थानीय टेलिभिजनले शनिबार यस्तो रिपोर्ट सार्वजनिक गरेको हो । तेहरानको १३ नम्बर जिल्लाका मेयर मोर्तेजा रहमान्जदेहमा कोरोना भाइरस भेटिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । इरानमा कोरोना भाइरसका १० जना बिरामी देखिएकामध्ये एकजनाको मृत्यु भइसकेको छ । यहाँका स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपुरले…