२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

कोरोना असरः ईपीएस मार्फत कोरिया जान तयार ५० जना नेपालीको उडान रोकियो



काठमाडौं ।
दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण बढेपछि ईपिएस मार्फत यसै हप्ता कोरिया जान तयार भएका नेपालीको उडान रोकिने भएको छ ।
यसै हप्ताका लागि कोरियाको उडान तोकिएका करिब ५० जना नेपालीको उडान मार्च तेस्रो सातासम्मका लागि स्थगित गरिएको हो ।
ईपिएस कोरिया शाखा प्रमुख कृष्ण खनालका अनुसार ईपीएस मार्फत कोरिया जान लागेका करिब ५० जनाको उडान मार्च तेस्रो सातासम्मका लागि स्थगित भएको हो । १९ गते एउटा ग्रुप कोरिया जाँदै थियो ।
रोष्टरमा नाम आई सम्पूर्ण प्रक्रिया पूरा गरि कोरिया जाने अन्तिम तयारीमा रहेका नेपालीको उडान तत्काललाई स्थगित हुने अवस्था देखिएको उनले बताए ।
केही दिन यता दक्षिण कोरियामा कोरोना भइरसको संक्रमण बढ्न थालेको छ । शनिवारसम्ममा करिब साढे चार सयमा संक्रमण देखिएको समाचारहरु सार्वजनिक भएका छन् । यससँगै रोजगारका लागि कोरिया गएका करिब ४० हजार नेपाली जोखिममा परेका छन्।

हाल दक्षिण कोरियामा कोरोनाभाइरसको कारण २ जानाको मृत्यु भइसकेको छ भने ४ सय ४३ जनामा संक्रमण फैलिएको छ ।
चीनमा अहिलेसम्म ७६ हजार २८८ जनामा संक्रमण पुष्टि भएको र दुई हजार ३ सय ४५ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६ आइतबार ००:००  २ : ५१ बजे