कालीकोट। जिल्लाको चन्दननाथ नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजानी गरेको छ। शनिबार राति नगरपालिकाको पार्किङमा राखिएको क१झ १ नम्बरको गाडीमा आगजनी गरिएको हो। अज्ञात समूहले राति करिब १ बजेको समयमा नगरपालिकाको गाडीमा आगजानी गरेको नगरपालिका सुरक्षागार्ड विष्णुप्रसाद न्यौपानेले बताए। राति जलाइएको गाडीलाई नेपाली सेना, नेपाल प्रहरीको राति नै घटनास्थल पुगेर आगो निभाएका थिए। जलेको गाडीमा ४०…