काठमाडौँ, १२ साउन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सडकका खाल्टा पुर्ने कामको अनुगमन गरी सरोकार भएका कार्यालयलाई समन्वय गरेर छिटो पुर्न निर्देशन दिएको छ । कार्यालयको नेतृत्वमा आज बिहान नयाँ बानेश्वर–पुरानो बानेश्वर–गौशाला–चावहिल–चुच्चेपाटी–बौद्ध–जोरपाटी क्षेत्रमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा चावहिलमा १० वटा ठूला खाडल अझै पुर्न बाँकी रहेको भेटिएको उक्त कार्यालयका सहसचिव दामोदर रेग्मीले जानकारी…