गलकोट (बागलुङ) ।धेरै जागिरेहरू अवकाशपछि आराम गर्छन् तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेसामा बिताउँदासमेत थाकेनन् । ७१ वर्षको उमेरमा उत्तिकै जोश जाँगरका साथ उनी सुन्तलाखेतीमा रमाउँदै आएका छन् । शिक्षक पेसाबाट अवकाश पाएका बागलुङ नगरपालिका–८ सिगानाका किसान अनन्तबहादुर खड्काले अवकाशपछिको समय सुन्तलाखेतीमा लगाएको १० वर्ष भयो । उनी सुन्तलाखेतीबाटै वार्षिक पाँच लाख आम्दानी…