तौलिहवा ।गौतम बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको प्राचीन तिलौराकोटमा विगत बर्षजस्तै यस बर्ष पनि उत्खनन कार्य सुरु गरिएको छ । उत्खननमा बेलायतका दुरह्याम विश्वविद्यालय, पुरातात्विक विभाग, लुम्बिनी विकास कोष र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता छ । उत्खनन कार्य ४५ दिनसम्म चल्ने र यस चरणमा तिलौराकोट क्षेत्रका विभिन्न ठाउँमा हुने पुरातात्विक विभागका प्रमुख पुरातात्विक अधिकृत एवं…