१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

‘दलित अधिकार दशक’ घोषणा गर्ने नेकपा एसको घोषणापत्रमा उल्लेख

काठमाडौं ।नेकपा (एकिकृत समाजवादी) ले जातीय छुवाछुत मेटाउन पहल गर्नेलाई पुरस्कृत गर्नुपर्नेदेखि अन्तरजातीय विवाह गर्ने जोडीको सुरक्षासहित प्रोत्साहन भत्ता दिनुपर्नेमा जोड दिएको छ । सत्तारुढ गठबन्धन दलमध्ये सबै भन्दा पहिले सोमबार घोषणापत्र सार्वजनिक गरेको नेकपा एसले ‘जातीय छुवाछुत मेटाऔँ : मानव मर्यादा कायम गरौ’ भन्ने नारासहित चुनावी घोषणापत्रमा जातीय छुवाछुतको मुद्धा पनि समावेश गरेको हो…