काठमाडौं । बुद्ध एयरको जहाजमा प्राविधिक समस्या भएपछि भरतपुरबाट काठमाडौं उड्न लागेको जहाज आपत्कालीन अवतरण गरिएको छ। भरतपुरबाट उडान भरेको केहीबेरमै बायाँ इन्जिनमा प्राविधिक समस्या भएपछि फेरि भरतपुरमै सकुशल अवतरण गरिएको बुद्ध एयरले जनाएको छ। बुद्ध एयरका सूचना अधिकारी दीदेन्द्र कर्णका अनुसार दिउँसो एक बजेर १६ मिनेटमा आकाशमा उड्नेबित्तिकै बीचक्राफ्ट जहाज नाइन एन एईई को…