१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

एसएसपीमा बढुवाको विषयलाई लिएर असन्तुष्टि चुलियो, एसपी उप्रेतीद्वारा राजीनामा

काठमाडौं । नेपाल प्रहरीको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को बढुवाको विषयलाई लिएर असन्तुष्टि चुलिएको छ। शनिबार मात्रै भएको प्रहरी उपरीक्षक (एसपी) बाट एसएसपीको बढुवामा असन्तुष्ट जनाउँदै एक एसपीले राजीनामा दिएका छन्। यसरी राजीनामा दिनेमा एसपी नरेन्द्र उप्रेती रहेका छन्। महानगरीय अपराध महाशाखामा कार्यरत एसपी उप्रेतीले आइतबार नै प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा दिन लागेका हुन्।…