एजेन्सी ।भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा आयोजित महाकुम्भ मेलामा मंगलबार मध्यराति भागदौड मच्चिएको छ। गंगामा पवित्र स्नान गर्न हजारौँ मानिस जम्मा भएका बेला भागदौड मच्चिँदा धेरै जनाको मृत्यु भएको आशंका गरिएको छ। तर भारतीय सञ्चारमाध्यमहरूले मृत्युको संख्या फरक(फरक लेखिरहेका छन्। हिन्दुस्तान टाइम्सले भने कम्तीमा १५ जनाको मृत्यु भएको उल्लेख गरेको छ। घाटमा दर्जनौँ एम्बुलेन्स पठाइएका…