काठमाडौं । आइतबार थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५७३ जनामा संक्रमण पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७३ हजार ३९४ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ८८५ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म…