१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

भिरबाट लडेर दैलेखमा एक वृद्धाको ज्यान गयो

दैलेख ।दैलेखमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । बाख्रा चराउन गएकी ६३ वर्षीया वृद्धाको भिरबाट लडेर ज्यान गएको हो । लडेर नारायण नगरपालिका(४ सोतकी मैसरा कटुवालको ज्यान गएको प्रहरीले जनाएको छ । कटुवाल रातापानी भिरबाट २ सय मिटर तल खस्नु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर साहले बताउनुभयो ।