चितवन । नारायणगढ–मुग्लिन सडकको १४ किलोमा बिहीबार साँझ पहिरोसँगै ठूलो ढुंगा खस्दा सडक आधा ढाकेको छ । आडैको डाँडाबाट साँझ सात बजेतिर लेदोसहित ढुंगा खसेको थियो । त्यही ठाउँबाट एक–दुई दिनअघिदेखि साना ढुंगाहरू खस्न थालेको आडैमा चिया पसल चलाइरहेका धनबहादुर परियारले बताए ।‘म पानी लिन त्यहीँ गएको थिएँ । फर्किएको पाँच–दस मिनेट भएको हुँदो हो,…