काठमाण्डौ । यसपालिको मनसुन भित्रिएको छ । सामान्यतया मनसुन जुन १० तारिखमा भित्रिने गर्छ । यसपालि एक दिन ढिला गरी मनसुन भित्रिएको हो । मौसम पूर्वानुमान महाशाखाले विज्ञप्ति निकालेर मनसुन भित्रिएको जनाएको छ । बङ्गालको खाडी आसपास विकसित भएको न्यूनचापीय क्षेत्रका कारण आज प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा मनसुन भित्रिएको महाशाखाले जनाएको छ…