काठमाण्डौ । नेकपा एमालेका नेता हिक्मतकुमार कार्की पुनः कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। कार्की दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका हुन्। २०७९ पुस २४ मा पहिलोपटक मुख्यमन्त्री नियुक्त कार्की विश्वासको मत पाउन विफल बनेपछि असार १५ मा पदमुक्त बनेका थिए। सर्वोच्च अदालतले उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक ठहर गरेपछि कार्कीले पुनः मुख्यमन्त्री बन्ने अवसर पाएका हुन्। …