२० फाल्गुन २०८२, बुधबार | Thu Mar 5 2026

दाङमा सर्पको टोकाईबाट एक बालिकाको मृत्यु

दाङ । सर्पले डस्दा दाङमा एक बालिकाको ज्यान गएको छ । देउखुरीको राजपुर गाउँपालिका वडा न ५ महतिनिखोलाकी ११ वर्षकी सानुमाया विकको सर्पले डसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार गएराति १० बजे घरमै सुतेको बेला उनलाई सर्पले डसेको थियो ।