५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको निधन

काठमाडौं । वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको निधन भएको छ। एक हप्तादेखि नर्भिक अस्पतालमा उपचार गराइरहेका आचार्यको आइतबार बिहानै निधन भएको हो। नेपाल टेलिभजनका पूर्व नायव महाप्रबन्धक एवं समाचार निर्देशक समेत रहेका आचार्यले विभिन्न महाशाखाको नेतृत्व सम्हालेका थिए। चार वर्ष अघि नेपाल टेलिभिजनबाट अवकास पाउनुभएका उहाँ त्यसपछि उनी न्यूज २४ टेलिभिजनमा समाचार प्रमुखका रुपमा कार्यरत थिए।…