१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

भिरबाट लडेर अहेवको मृत्यु

गुल्मी, मंसिर १४ । भिरबाट लडेर गुल्मीमा एकजना अहेवको ज्यान गएको छ । खरबारीमा घाँस उठाउने क्रममा रेसुङ्गा नगरपालिका वडा नं. १२ उर्लेनी निवासी अन्दाजी ४० वर्षीय देवनाथ पन्थीको बिहीबार बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्विेदीले जानकारी दिनुभयो । उहाँ त्यही वडाको स्वास्थ्य चौकीमा अहेव हुनुहुन्थ्यो ।