काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान गठबन्धन सरकारले आफैँ योजना बनाएर देशको विकास गर्ने नेपालको अधिकार बचाउन नसकेको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरम बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपाल जस्तो स्वतन्त्र मुलुकले अरु कुनैपनि देशको दुतावासबाट सोझै रकम ल्याएर परियोजना बनाउने कुरा राष्ट्र हित विपरीत…